82 подписчика
लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन्। जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु।
सबभन्दा पहिलो, जे भएको छ त्यो मात्र इजरायलले गरेको सामूहिक आतंकवादको मामिला हो। इजरायलले गाजामा जे गरिरहेको छ, त्यस पछि, यस्तो लाग्न सक्छ कि अरू कुनै कुराले हामीलाई अब आश्चर्यचकित गर्न सक्दैन । तर होइन, हामी फेरि चकित भयौं। यो सामूहिक आतंकको कार्य मात्र हिजबुल्लाह विरुद्ध थिएन, समग्रमा लेबननी जनताविरुद्ध लक्षित गरिएको थियो। हजारौं पेजर, रेडियो र फोनहरू, जून प्रविधिमा बच्चाहरूको पनि पहुँच थियो, त्यहाँ पनि विस्फोट भयो।
✍️ अलेक्जेन्डर दुगिन
🇳🇵 जब प्रविधिले नै हत्याको सुरुवात गर्दछ!
Около минуты
26 сентября 2024