Найти тему
81 подписчик

युद्धमा गति — अलेक्जेन्डर दुगिन


गति आधुनिक युद्धमा एक महत्वपूर्ण तत्व हो। जसलाई अक्सर "ड्रोमोक्रेसी" वा गतिको शासन भनिन्छ। हमासको "अल-अक्सा तूफान" नामक अपरेसन पछि, गाजामा हमासको सेना थियो। कल्पना गर्नुहोस्, जब आईडीएफ (इजरायली रक्षा बल) ले आफ्नो आक्रमण सुरु गर्यो, त्यतिबेला हिजबुल्लाह, यमन (हौतीहरू), सिरिया, र इरान (विशेषगरी शिया समूहहरू, किनभने अन्य मुस्लिम पक्षलाई तिनको निष्क्रियताका लागि आलोचना गरिएको थियो) एकसाथ सबै युद्धमा सामेल भएका भए युद्धको स्थिति फरक हुनेथियो। इजरायल धेरै जटिल स्थितिमा पुग्ने थियो। यदि फतहले, संलग्न नहुनुको सट्टा (जसको अर्थ थिएन किनभने उनीहरूलाई कुनै न कुनै रूपमा लक्षित गरिने नै थियो), एेक्यवद्धता जाहेर गरेर संयुक्त कारबाही गरेको भए, इजरायलको लागि स्थिति अझ चुनौतीपूर्ण हुन सक्थ्यो। तर पश्चिमको चलाखिले इजरायल बाहेक सबै पक्षलाई यथास्थितिमा राखेर अाफ्ना जटिलताहरु रोक्न सफल भए।

अनुवादक: मोहन ज्ञवाली
Около минуты