Найти тему
81 подписчик

🇳🇵 चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो


सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।

पहेँलो सम्राट वा हुआंग-दीको पूजा परम्परागत रूपमा छिङमिङ चाडपर्वमा हुन्छ। यी प्राचीन शासकलाई चिनियाँ राष्ट्रको पूर्वज मानिन्छ। उनलाई लेखनको आविष्कार, चिनियाँ क्यालेन्डरको स्थापना सहितको अन्य धेरै उपलब्धिहरूको श्रेय दिइन्छ।
Около минуты